बाँके, २७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले ७ हजार रुपिया घुससहित एकजना सशस्त्र प्रहरीका घुमुवालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले नेपालगन्जको खजुरारोडबाट सशस्त्र प्रहरी बलको नेपालगन्ज कारकादौंस्थित औद्योगिक सुरक्षा गणमा कार्यरत घुमुवा प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई नगद ७ हजार रुपिया घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ ।
घुमुवा प्रहरीले भन्सारबाट मालसामान छुटाईदिने भन्दै घुस रकम लिनेक्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ । बाँकेमा केही दिनअघि विद्युतका कर्मचारीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको थियो ।













प्रतिक्रिया