काठमाडौँ, २७ कात्तिक । अहिलेको समाजलाई आधुनिक तथा सचेत समाज भनिएपनि समाजमा जवरजस्ती करणीका घटनाहरु नरोकिएको एक अध्ययनले देखाएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले गरेको एक अध्ययनले नेपालमा हाल पनि यस्ता घटना उस्तै रहेको देखाएको हो ।
ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरु अध्ययन गर्दा प्रत्रिकामा प्रकाशित महिला हिंसासँग सम्बन्धित घटनाहरुका आधारमा यस अक्टोबर महिनामा अभिलेख गरिएका जम्मा ९७ घटना मध्ये १७ प्रतिशत (१६ जना) महिलाहरु जवरजस्ती करणीका शिकार भएको पाइएको छ । यसरी भएका जवरजस्ती करणीकाका घटनाहरुको प्रमुख जिम्मेबार आफ्नै वरपरका छिमेकीहरु ५६ प्रतिशत र आफुले आत्मिय मानेका साथिहरु १३ प्रतिशत रहेका छन् । जवरजस्ती करणी भएका मध्ये सबैभन्दा बढी १६ बर्ष उमेर समूहका ६२ प्रतिशत रहेका छन् भने १७ देखि ३६ बर्ष उमेर समुहका ३८ प्रतिशत महिलाहरु रहेको सो अध्ययनले देखाएको छ ।
यसैगरी अक्टोबर महिनामा मात्रै अभिलेखिकरण भएका ९७ घटनाहरु मध्ये २३ प्रतिशत महिलाहरुमाथि शारीरिक हिंसा, २१ प्रतिशत मानसिक हिंसा, १७ प्रतिशत महिलाहरुमाथि बलात्कार, २ प्रतिशत जवरजस्ती करणीको प्रयास, ४ प्रतिशत यौन दूव्र्यवहार, ८ प्रतिशत हत्या, ७ प्रतिशत बेचविखनको प्रयास, ४ प्रतिशत महिलाहरुमाथि बालविवाहका कारणले हिंसा भएको पाइएको ओरेक नेपालले जनाएको छ । यसैगरी ५ प्रतिशत बहुविवाह, ४ प्रतिशत दाइजो र २ प्रतिशत महिलाहरुमाथि बोक्सीको आरोपमा शारीरिक तथा मानसिक हिंसा भएका तथ्याँकहरु अभिलेखिकरण भएको पाइएको ओरेकका कार्यक्रम निर्देशक अभिराम रायले बताए ।
यसरी तथ्याँकहरुको आधारमा जवरजस्ती करणीका घटनाहरु प्राय छिमेकीबाट हुने भएकोले अन्जान र अपरिचित व्यक्तिहरु महिलाहरुका लागि खतरनाक हुन्छन् र घर, परिवार र छरछिमेकमा मात्र महिलाहरु सुरक्षित हुन्छन् भन्ने मान्यता गलत सावित भएको उनले बताए । जसले गर्दा महिलाहरुको गतिशिलतामाथि गरिएको नियन्त्रणमा सोँच्नुपर्ने बेला आएको रायको भनाइ छ । देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले गर्दा महिलाको सुरक्षा चुनौतीपूर्ण बन्दै गइरहेको उनले बताए । त्यसैले हिंसा रहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित गर्न राज्य जिम्मेबार हुनुपर्ने देखिएको निर्देशक रायले बताए ।












प्रतिक्रिया