१५ कार्तिक २०८३, आइतबार

गोरखामा मुख्य उम्मेवारलाई अंगरक्षक

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । गोरखा जिल्ला सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सुरक्षा सतर्कता बढाएको छ ।

गोरखासँग सीमा जोडिएका नाकामा सुरक्षा चेकजाँच तीव्र पार्नुका साथै प्रहरीले ‘रिजर्भ फोर्स’ पनि परिचालन गरेको जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उम्मेदवारलाई अंगरक्षक पठाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

‘कांग्रेसका सबै उम्मेदवार र माओवादी केन्द्रका प्रतिनिधिसभा १ (क) का उम्मेदवारले अंगरक्षक माग्नुभएको छ,’ प्रजिअ बस्नेतले भने ।

कांग्रेसका क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार धीरन थापा, (ख) का उम्मेदवार राजेन्द्र बजगाईं र माओवादी केन्द्रबाट प्रदेश (क) का उम्मेदवार लेखबहादुर थापालाई अंगरक्षक उपलब्ध गराएको प्रजिअले बताए ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भने गृह मन्त्रालयले नै सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।