मुगु, २७ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा फरक पार्टीलाई सहयोग गरेको भन्दै एक ब्यक्तिले आफ्नी श्रीमतीलाई घर निकाला गरेका छन् ।
नेपाली कांग्रेस सामर्थक उनले आफूले राजेको भन्दा फरक दललाई सहयोग गरेको भनेर कारा कार्मारोङ गाउँपाकिला ८ माँग्री गाउँका ३१ वर्षीय निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रमतीलाई घर निकाला गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
विगतका निर्वाचनमा छिमेकी तथा गाउँले अलग अलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरी बार्ने, खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने, वल्लोपल्लो घरबीच बोलचाल बन्द हुुनुका साथै पानी बराबरको अवस्था आउने गरेको देखिन्थ्यो ।
यो क्रम गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा १ का स्थानीयमा समेत यस्तो देखिएको थियो ।













प्रतिक्रिया