काठमाडौं, २६ कात्तिक । एनआईसी एशिया बैंकले जुम्ला र बर्दिवासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जुम्लाको चन्दननाथ ५ र महोत्तरीको बर्दिबास १ मा आज (आइतबार)देखि शाखाले औपचारिक सेवा सुरु गरेका हुन् ।
जुम्ला शाखाको उद्योग बाणिज्य सघंका अध्यक्ष रामदत्त रावलले र बर्दिवास शाखाको महोत्तरी उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले औपचारिक रुपमा उदघाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक एनआईसी एशियाले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।















प्रतिक्रिया