५ कार्तिक २०८३, बिहिबार

टेलिकमद्वारा दुर्गम क्षेत्रमा ‘एनटीस्याट’मार्फत सेवा सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट (NTSAT) मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको निर्देशनमा आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा दुरसञ्चारले केही हप्ता अघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । ती मध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा आइतबारदेखि सेवा सञ्चालनमा ल्याए पश्चात् दशवटै स्थानमा सेवा उपलब्ध भएको उनले बताइन् ।

यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् । ती स्थानहरु अति दुर्गम भएकाले छिटो सेवा सञ्चालन गर्नका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो । नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि ल्त्क्ब्त् प्रविधिको प्रयोग गरिरहेको छ ।