२ कार्तिक २०८३, सोमबार

राइड टु सिन्धुलीगढीः साइकल यात्रीले पूरा गरे १५३ किलोमिटर यात्रा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । राइड टु सिन्धुलीगढीमा सहभागी १ सय ६२ जना साइकल यात्रीहरुले १५३ किलोमिटर यात्रा गरी सिन्धुली पुगेका छन् । प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा रहेको सो टोली काठमाडौँबाट ऐतिहासिक सिन्धुलीगढीमा हुने २५० औँ विजयोत्सवमा सहभागी जनाउन सिन्धुली पुगेका हुन् ।

समृद्ध सिन्धुली अभियानको आयोजना र स्टोरी साइकलको संयोजनमा भएको साइकल यात्राको आयोजना गरिएको थियो । तत्कालिन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाइने गरिन्छ । साइकल यात्रीलाई काठमाडौँमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए । सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल -याली प्रदर्शन गरिएको थियो ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष विजयोत्सवका अवसरमा राइड टु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । साइकल यात्रीलाई काठमाडौँबाट हिँडेदेखि भक्तपुर, काभ्रे र सिन्धुली जिल्लाका बाटोमा पर्ने भक्तपुर पर्यटन विकास समिति, प्रेस चौतारी, बनेपा नगरपालिका, हिमाल तराई यातायात, धुलिखेल उद्योग बाणिज्य संघ, काभ्रे साइकल एसोसिएशन, नमोबुद्ध नगरपालिका, हनुमान उच्चमावि, सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, जुनार उत्पादक सहकारी संघलगायतले फुलमाला, खाना, खाजा, जुस, पानीलगायत प्रदान गरेर भब्य स्वागत गरेका थिए । अन्य ठाउँमा पूर्वनिर्धारित भए पनि नेपाली सेनाले भक्तपुरको जगाती, काभ्रेको धुलिखेल, भकुन्डेवेसीलगायतका स्थानमा ऐतिहासिक स्थलमा विजयोत्सव मनाउन जान लागेका यात्रुलाई सरप्राइजका रुपमा भब्य स्वागत गरेको थियो ।

सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा साइकल यात्रा आयोजना गरेर सिन्धुली गढीको प्रबर्धन गर्न सघाएकामा समृद्ध सिन्धुली अभियानलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरिन् । बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न थालिएको राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले जानकारी दिए । सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताउँदै उनले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेको बताए । उनले आगामी बर्ष हुने साइकल विश्भरबाट बढीभन्दा बढी साइकल यात्रीलाई सहभागी गराउन पहल गर्ने बताए ।

यस बर्ष जापान, अमेरिकालगायतका मुलुकका साइकल यात्रीसमेत सहभागी थिए । यात्रामा १२ बर्षका अमेरिकी किशोर सि न्युमान सबैको आकर्षण बनेका थिए । उनले अन्य यात्रीसँग प्रतिस्पर्धा गर्दै १५३ किलोमिटर लामो यात्रा सजिलै तय गरेका थिए । पहिलो पटक यस बर्ष ११ जना महिला साइकल यात्रीसमेत सहभागी भएका थिए ।