११ मंसिर २०८३, शुक्रबार

देउखुरीमा जिप र ट्रक ठोक्किदा दुई यात्रुको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, २६ कात्तिक । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित नर्तीमा ट्रकले भाडाको जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. १ नर्तीमा आइतबार बिहान तीब्र गतिमा आएको ट्रकले विपरित दिशाबाट आउँदै गरेको भाडाको जिपलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनामा परेको न १ ज १३४९ नम्बरको जिपको अगाडिको भाग ठोक्किएको थियो ।

दुर्घटनामा जिपमा सवार दुई जनाको मृत्यु भएको छ । उनीहरूको सनाखत हुन सकेको छैन । घाइते यात्रुहरूको लमहीस्थित अस्पतालमा उपचार भइरहेको छ ।