११ मंसिर २०८३, शुक्रबार

२०६३ सालदेखि नै गठबन्धनको प्रयास भएको वामदेवको खुलासा, यसकारण गोप्य राखियो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टिकाराम चौधरी

बर्दिया, २५ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार बामदेब गौतमले बाम एकताको प्रयास २०६३ साल देखि नै शुरु भएको खुलासा गर्नु भएको छ । बाम गठबन्धन कर्मचारीहरु संगठनको भेलालाई बर्दियाको गुलरियामा सम्बोधन गर्दै सो कुरा खुलासा गर्नु भएको हो ।

माओबादी र एमालेबीच एकतागर्नको लागि २०६३ साल देखि प्रयास गर्दा अहिलेसम्म करिब ६/७ पटक भेला बसेपछि मात्र बाम एकताको लागि बाम गठबन्धन भएको बताउनुभयो । पार्टी एकताको हल्लाभयो भने कार्यकताहरुमा नकारात्मक असर पर्न सक्ने सम्भाबनालाई मध्यनजर गरेर गोप्य रुपमा २०६३ साल देखि नै उक्त प्रयास जारी राखेको बताउनुभयो ।

‘बाम गठबन्धन भएपछि हामी र कार्यकर्ता जतिखुसी हुनुपर्ने हो, त्यति हुन सकेका छैनौ तर त्यो भन्दा धेरै प्रतिद्धन्दीहरु नै चिन्तित र दुखिहुनु भएको छ । अहिले बाम गठबन्धन बाहेकका पार्टीहरु धरापमा रहेको बताउदै नेपाली कांग्रेस पनि धरापमा रहेको बताउनु भएको छ ।

यसैगरी भेलालाई सम्बोधन गर्दै, बर्दिया क्षेत्र नम्बर १ ख का उम्मेद्धार तथा नेकपा माओवादी केन्द्रका बर्दिया जिल्ला ईन्चार्ज तिलक शर्मा हिमालले बाम गठबन्धनको कार्यसमिति वडा स्तर सम्म गठन भईसकेको जानकारी गराउदै अबको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि हुने आसन्न निर्वाचन बाम गठबन्धनको अग्नी परिक्षा जस्तै भएको बताउनु भएको छ ।

अहिले बाम एकताले नेपाली काग्रेस पत्तासाप हुने बताउनु भएको छ । उहाँले अहिलेको निर्वाचनमा प्रत्यक्षमा मात्र नभएर समानुपतिकमा पनि बहुमत ल्याउनु पर्ने आश्कता रहेको बताउनु भयो ।