–सुरज न्यौपाने
कपिलवस्तु, २५ कात्तिक । कपिलवस्तु क्षेत्र नम्बर २ का बाम गठवन्धनका उम्मेदवार वृजेस कुमार गुप्ताले कपिलवस्तुलाई चीनसँग जोडने बताएका छन् । कपिलवस्तुलाई व्यापारिक मार्गको रुपमा विकास गर्नका लागी कपिलवस्तुको मर्जादपुर नाकालाई ढोरपाटन मार्गसँग जोडिने गुप्ताले बताए ।
मर्जादपुर खनुवा नाकामा सूख्खा बन्दरगाह (ठुलो भन्सार) निमार्ण गरी कपिलवस्तुलाई जोड्ने आफ्नो योजना रहेको उनले बताए । यो व्यापारीक मार्ग मात्र नभई पर्यटकीय मार्ग समेत बन्ने उनले बताए ।
‘कपिलवस्तुमा सेज कार्यक्रमलागु गर्ने प्रस्ताव मैले गरेको थिए ।’ पुप्ताले भने, ‘जुन अधुरो रहेको थियो । सेजको रुपमा विकास गर्ने हो भने यहाँ ठुला उद्योगहरु स्थापना हुने थिए । यस्ले यहाँ प्रसस्त मात्रामा रोजगारी सिर्जना हुनेछ ।’ जसले कपिलवस्तुलाई अझ माथी उठाउने गुप्ताले बताए । कपिलवस्तुबाट आफुलाई जिताए कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने उनले बताए । यहाँको बाम गठबन्धनको साझा एजेन्डा कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउनु भएको उनले बताए ।
महाराजगञ्ज नगरपालिकामा घरदैलो गर्दै एमाले क्षेत्र नम्बर २ (क)का उम्मेदवार दिर्घ नारायण पाण्डेले विकास नगर्नेलाई अब जनताले विश्वास नगर्ने बताए । अब एमालेले सडक सिचाईको सुविधाको लागी पहल गर्ने उनले बताए । हुलाकी राजमार्ग कालो पत्रे गर्ने आफ्नो पहिलो प्राथमिता रहको पाण्डेले बताए । दुवै नेता ठुलो दलबलका साथ घरदैलो गरेका थिए । महाराजगञ्जको साविक बरईपुर गाविसका घरदैलो गरेका हुन् ।











प्रतिक्रिया