काठमाडौं, २५ कात्तिक । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको धार्मिक परम्परानुसार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ ।
तीन पटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भइसकेका विष्टको राजकीय सम्मानविनै शान्त र तडकभडकरहित अन्त्येष्टि गरिएको हो । परिवार स्रोतका अनुसार उनको अन्तिम इच्छा नै राजकीय सम्मान नदिनु भन्ने थियो । त्यसैअनुसार पूर्वप्रधानमन्त्री भएपनि राजकीय सम्मान दिइएन ।
विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका केही सिमित नेता मात्रै आर्यघाट पुगेका थिए ।
लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा आज बिहान १० बजे निधन भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उहाँका श्रीमती र एक छोराको निधन भएको थियो ।
काठमाडौँको ठमेलमा जन्मेका विष्ट ४ पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए । उनलाई नेपाली राजनीतिमा नैतिकवान नेताका रुपमा चिनिन्छ ।












प्रतिक्रिया