११ मंसिर २०८३, शुक्रबार

हिन्दू राष्ट्र कायम गर्न लोकतान्त्रिक गठबन्धनलाई मत दिनुपर्छः मन्त्री थापा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २५ कार्तिक । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले नेपाललाई सनतान हिन्दु राष्ट्र कायम गर्नको लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले मत दिनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समितिले आयोजना गरेको स्रष्टा सम्मान तथा गोष्ठीमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन । थापाले काँग्रेससँग केही फरक मत हुँदाहुँदै पनि नेपाललाई हिन्दुराष्ट्र कायम राख्न काँग्रेसले मात्रै सक्ने बताउँदै आफूहरुले कांग्रेको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठन गरेको स्पष्ट पारे ।

उनले भने, ‘संविधान जारी भएको दिनमा नेपाललाई हिन्दु राष्ट्रविहिन बनाईयो, आन्दोलनका क्रममा धर्मनिरपेक्षता र संघीयताको विषय कतै थिएन तर एकाएक कसरी यो सम्भव भयो ? हाम्रो पार्टी यसैको निम्ति लडिरहेको छ, फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्, हामी कुनैपनि हालतमा हिन्दुराष्ट्र कायम गरेर छोड्नेछाँै, धर्मनिरपेक्षता होईन, धार्मिक स्वतन्त्रता हुनुपर्छ।’

त्यस्तै महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराईले हिन्दु पनि राज्यको पक्षधरलाई आगामी निर्वाचनमा भोट दिनको लागि आग्रह गरिन् । उनले भनिन्, ‘हाम्रो मुलुक २ अर्ब सनातन हिन्दुहरुको मुलुबास स्थान हो, यस पवित्र भूमिलाई पैसामा किनबेच गर्ने बैरीहरुलाई जनताले ठेगान लगाउनैपर्छ।’

धर्मबिनाको मानिस अनैतिक र अधर्मी हुने भन्दै नेपालका कम्यूनिष्टहरुले बाआमा मर्दा समेत किरियाकाज नगर्ने तर मुलुकलाई बिदेशी अखडा बनाउने गरेको आरोप लगाउँदै राज्यमन्त्री भट्टराईले परम्परादेखि चलिआएको हिन्दु संस्कार र संस्कृतिलाई बचाउनको लागि तत्काल जनताले जोखिम उठाउनुपर्ने बताईन ।

त्यस्तै कार्यक्रममा नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वामी श्री रामबाबा, रामेश्वर गोदार थापा, शम्भुप्रसाद निरौला, शंकर खराल, केदारमान भण्डारी लगायतका व्यक्तिलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुले नेपाललाई कुनैपनि हातलमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने धाराणा राखेका छन् । विकसित राजनीतिक ध्रुवीकरणले मुलुकलाई असहजतामा धकेल्ने भन्दै संस्थाका अध्यक्ष सागर थापाले जनता सजक हुनुपर्ने बेला आएको बताए ।

अध्यक्ष थापाले हिन्दुधर्म रक्षा र हिन्दुराष्ट्र कायम गर्ने काममा नेपाली काँग्रेसका चर्चित यूवा नेता गगन थापालाई आगामी निर्वाचनमा पराजय गराउन आग्रह समेत गरे ।