११ मंसिर २०८३, शुक्रबार

सोलु आक्रमणका दोषीलाई कारवाही गर्न काँग्रेसको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा सोलुखुम्बुमा कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले नेपाली काँग्रेसका उम्मेदवार सहित कार्यकर्तामाथि गरेको संघातिक आक्रमणको निन्दा र भर्त्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ ।

सोलुखुम्बुको दुधकोशीका गाउँपालिका लोखिममा आयोजित चुनावी सभालाई सम्बोधन गर्न गएका प्रतिनिधि सभातर्फका नेपाली काँग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य बलबहादुर केसी, प्रदेशसभा १ का उम्मेदवार प्रकाशसिंह कार्की लगायतका नेता एवं कार्यकर्ताहरुलाई शुक्रबार बिहान जंगलमा लुकेर बसेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले अन्धाधुन्द ढुंगामुढा गरी आक्रमण गरेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी सो घट्नाको निन्दा एवम् भर्त्सना गरेका थिए । प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार घटनामा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङसहित आधा दर्जन भन्दा बढी नेपाली काँग्रेसका कार्यकर्ता घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार भए पनि कोषाध्यक्ष पेमा तामाङको अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याई अहिले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भैरहेको छ ।

काँग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गदैै यस्ता अवाञ्छित क्रियाकलाप पुनः नदोहा-याउन नेपाली काँग्रेस चेतावनी दिएको छ । काँग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।