११ मंसिर २०८३, शुक्रबार

‘जडिबुटी मुलुक समृद्धिको आधार भएकाले संरक्षण गरौँ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, २५ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले कच्चा पदार्थ र कच्चा श्रम निर्यात गर्ने देश कहिल्यै समृद्ध बन्न नसक्ने दाबी गरेका छन् । धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लिमिटेड बाग्लुङको दोस्रो वार्षिक साधारणसभाको शनिवार बाग्लुङ बजारमा उद्घाटनपछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।

‘देशमा उत्पादन भएका स्रोतहरु सस्तोमा बिक्री गर्ने र विदेशबाट महंगोमा प्रशोधित सामान खरिद गर्ने तथा युवा जनशक्तिलाई विदेशमा श्रम गर्न पठाएर स्वदेशको विकास संभव छैन’, उनले भने ।

राजनीतिक दलहरुले आफ्ना घोषणापत्र मार्फत देशको आर्र्थिक समृद्धिको कुरालाई प्राथमिकतामा राखेका भएपनि घोषणापत्रमा मात्रै राखेर नहुँने भन्दै जिसीले समृद्धिका लागि स्थानीय स्रोत साधन र जनशक्तिको सही पहिचान र परिचालन आवश्यक रहेको बताए । हाम्रो देशमा रहेका जडिबुटी लगायत महत्वपूर्ण स्रोतहरु पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणको अभावमा खेर गैरहेकोले यसको समुचित विकासमा ध्यान दिन उनले सरोकारवालाहरुलाई आग्रह गरे । खेर गैरहेको जडिबुटीको पहिचान गरी उपयोग गर्न सक्यौ भने देश समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले सबैसँग आग्रह गरे । स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, पशुपालन, जलस्रोत लगायत सेवा र उत्पादनका क्षेत्रको समग्र विकासका लागि राज्य, निजी र सहकारी क्षेत्रमा रहेको पूँजी र श्रमलाई लगाउने खालका योजना आवश्यक रहेको जिसीको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, संस्थाका सल्लाहकार कर्णबहादुर हमाल, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, सामुहिक वचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष वृहस्पती कंडेल, संस्थाका शेयर सदस्य नरेन्द्र बुढाथोकी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।