११ मंसिर २०८३, शुक्रबार

विश्वप्रकाशको क्षेत्रमा ओलीको गर्जनः कांग्रेस लोकतान्त्रिक होइन् लुटतान्त्रिक पार्टी

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांगे्रस लोकतान्त्रिक नभई लुटतान्त्रिक पार्टी भएको आरोप लगाउनुु भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर १ को धुलावारीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बाम गठबन्धन लोकतान्त्रिक भएको तर नेपाली कांग्रेस लुटतान्त्रिक पार्टी भएको जिकिर गर्नुभयो । आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा झापा १ का उम्मेदवार राम कार्की पार्थ, प्रदेश सभाका उम्मेदवार श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीसहित नेताहरु अग्नि खरेल, विष्णु प्रसाइ लगायतका नेताहरुले शुभकामना दिनुभयो ।

झापाको क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट युवा नेताको पहिचान बनाएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएको छ । ओली आज नै आफनो क्षेत्रको तोपगाछीका विविध कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनः अध्यक्ष ओली

यस्तै, कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको उहाँको भनाई थियो ।

‘नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,’ उहाँले भन्नुभयो ।