११ मंसिर २०८३, शुक्रबार

मतदाता शिक्षा कार्यक्रमका लागि २० हजार कर्मचारी परिचालित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । आगामी मंसिरमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन सम्बन्धी मतदाता शिक्षाको लागि निर्वाचन आयोगले २० हजार कर्मचारी खटाएको छ । निर्वाचनको सम्बन्धमा जनतालाई सूसुचित गर्न तथा मतदान गर्ने सहि तरिकाको बारेमा ज्ञान दिनको लागि आयोगले देशभर २० हजार कर्मचारी खटाएको हो ।

आगामी मंसिर १० र २१ गते निर्वाचन हुँदैछ । चुनाव नजिकिँदै गर्दा आयोगले मतदाता शिक्षालाई पनि तीब्रता दिन लागेको छ । मतदाता प्रशिक्षकहरु विभिन्न जिल्लाका गाउँ गाउँमा पुगेर निर्वाचनमा मतदान गर्ने प्रक्रियाको बारेमा सिकाउने छन् । तथा उनीहरुले गाउँ मानिसहरुलाई मतदान गरेर चुनावमा भाग लिन प्रोत्साहन पनि गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछिको अवस्थामा छाउन सक्ने अन्यौललाई मध्यनजर गर्दै मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन लागिएको हो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । तर सर्वोच्चको आदेशपछि आयोगले अलग अलग मतपत्र छापेर जिल्ला जिल्लामा पठाउँदा ढिला भएको हो । त्यसले मतदाता शिक्षा कार्यक्रमलाई पनि केही ढिला बनाएको ढकाल बताउँछन् ।