विर्तामोड, २४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल नै वाम गठबन्धनको चाहना रहेकोले अब कसैले रोकेर पनि यो अभियान नरोकिने बताउनु भएको छ ।
आज झापाको भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कांग्रेसले देशलाई कँगाल बनाएर छोडेकाले अब आफूहरुको गठबन्धनले नयाँ बाटो चिरेर लैजाने बताउनुभयो ।
कार्यक्रममा नेता अग्नि खरेल तथा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिडदेनले अब जनतालाई हिजोको जस्तो झुक्काएर जनता नझुक्किने भन्दै अब नेपालका जनता हिजोको जस्तो नभएको र ललिपप खुवाएर भोट किन्न नसकिने धारणा राख्नुभयो ।
अगुवा कार्यकर्तालाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामनारायण विडारी, पूर्णसिंह राजबशी, एमालेका नेताहरु पुष्प पोखरेल, बसस्त बाँनिया लगायतले सम्बोधन गर्नुभएको थियो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।











प्रतिक्रिया