काठमाडौँ, २४ कात्तिक । बिगत ७ बर्षदेखि विश्वसनीय सेवाका साथ तीब्र गतिको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेकले ‘काइदा छ, फाइदा छ’ अफर ल्याएको छ । यसअफरमा ग्राहकले तीब्र गतिको इन्टरनेट सेवा सस्तो मुल्यमा प्रयोग गर्न पाउनेछन् ।
यस अफरअन्तर्गत ६ एमबीपीएस इन्टरनेट सेवा १ हजार ९९ रुपैयाँ प्रति महिना, १५ एमबीपीएस १ हजार ४२ रुपैयाँ प्रति महिना, ३० एमबीपीएस १ हजार ४५० रुपैयाँ प्रति महिना र ६० एमबीपीएस को दर १ हजार ८३० प्रति महिनाको पर्नेछ । अफर अवधिभर बार्षिक ग्राहकलाई फाईबर राउटर र जडानमा लाग्ने तार निशुल्क प्रदान गरिनेछ । साथै बार्षिक ईन्टरनेट जडानमा १ महिना थप सेवा सितैमा प्रदान गरिनेछ ।
यस कम्पनीले आफ्नो फाइवर नेटर्वक नेपालको ७२ जिल्लामा विस्तार गरिसकेको छ । बदलिदो समय र बढ्दो ग्राहकहरुको माग लाई मध्यनजर राख्दै नेपालकै सबैभन्दा तिब्र गतिको ईन्टरनेट १०० एमबीपीएस घरायसी प्रयोजनको लागि सुपथ मुल्यमा उपलब्ध गराएको छ ।















प्रतिक्रिया