११ मंसिर २०८३, शुक्रबार

काठमाडौँको त्रिपुरेश्वरमा आगलागी, एक जनाको ज्यान गयो

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरमा आगलगाी हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी भएको हो । आगलागीमा परी ग्यारेजमा काम गर्ने मुलायम मियाँको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

आगलागीमा परी अर्का एक जना सख्त घाइते भएका छन्। आगलागीमा घाइते भएकाहरुलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएकोमा एक जना भने बाँच्न सकेनन् ।

दशरथ रंगशाला पश्चिमपट्टिको पेट्रोल पम्पभित्रको सटरमा आगाली भएको हो। पेट्रोल पम्पसँगै आगलागी भए पनि आगो फैलिन नपाउँदै नियन्त्रणमा आएकाले ठूलो क्षति हुन पाएन।