११ मंसिर २०८३, शुक्रबार

चुनावी प्रचार गर्न गाउँ-गाउँ पुगिन् शान्ता चौधरी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही (दाङ), २३ कात्तिक २३ । पुर्वसांसद तथा नेकपा (एमाले) केन्द्रिय सदस्य शान्ता चौधरी अहिले चुनावी प्रचार प्रसारमा सक्रिय रुपमा लागेकी छिन् । उनी प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार पनि हुन् । एमालेभित्र सेलिबेट्री नेतृका रुपमा परिचित चौधरी चुनावी प्रचार गर्नको लागि गाँउ गाँउ पुगेकी छिन् ।

यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा साविक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी चौधरी हाल बाम गठवन्धनका साझा उम्मेदवार दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महरा, २ (क)का प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलसहित ९ जना र समानुपातिक उम्मेदवारको प्रचारमा गाँउ पसेकी हुन् ।

विगतमा कमलहरीको रुपमा लामोसमय संघर्षपूर्ण जिवन बिताउदै यसअघि सभासदसम्म बन्न सफल चौधरी फेरी चुनाव प्रचार थारु समुदाय केन्द्रित गरेकि छिन् । सबै बाम गठवन्धनका उम्मेदवारहरुले शान्तालाई प्रचारमा लैजाने गरेका छन् । त्यसकारण पनि उनलाई भ्याइ नभ्याई भएको छ । साथै उनले यसपाली चुनावमा बाम गठवन्धनले दुई तिहाई ल्याउनेसमेत दावी गरेकी छिन् ।