११ मंसिर २०८३, शुक्रबार

बाम गठवन्धनका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की) २३ कात्तिक । बाम गठवन्धनका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुले भेलाको आयोजना गरका छन् । पोखरा निवार्चन क्षेत्र नम्बर ३ (ख)का व्यवसायीहरुले भेलामार्फत बाम गठवन्धनलाई जिताउन छलफमा जुटेका हुन् ।

निर्वाचन परिचालन कमिटीले आयोजना गरेको छलफलमा सहभागी विभिन्न सम्पर्क समाजहरुले अब आफ्नो निवार्चन क्षेत्रमा गएर चुनावी कार्यक्रममा सहभागी हुदै बाम गठवन्धनका उम्मेदवारहरुलाई भारी मतका साथ विजय गराउने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा प्रदेश (ख)का उम्मेदवार राजीव पहारीले संबोधन गर्दै अब घरघरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने बताए । कार्यक्रममा निवार्चन परिचालन कमिटीका अग्नी कडेल युवा संघ केन्द्रीय सचिव माधव बास्तोलालगायतले बोलेका थिए ।