–गोविन्दचन्द्र छेत्री
झापा, २३ कात्तिक । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने विश्वास गर्दै यो निर्वाचनमा पुरातनवादीहरु पराजित हुने दाबी गरे ।
कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेदवार भगिरथ पोद्वारले लोकतन्त्रको लडाइमा निरन्तर पहरेदार भएर लागेको नेपाली काँग्रेस वर्तमानको आवश्यकता रहेको बताए । उनले देशको विकास र जनताको मुहार फेर्न आफूले प्रदेश सभाको उम्मेदवारी दिएको बताए ।
साविक चकचकी २ मा भएको अन्र्तक्रियामा स्थानीय स्तरमा समाधान हुन नसक्ने सडक, पुल, खानेपानीलगायतका पूर्वाधारको विकासका लागि आफूहरुले काम गर्ने प्रतिबद्धता दुवै उम्मेदवारले व्यक्त गरे ।











प्रतिक्रिया