११ मंसिर २०८३, शुक्रबार

बाम गठबन्धनले काँग्रेसलाई असर गर्दैनः काँग्रेस नेता घर्ती

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परेवाडाँडा (लमजुङ) २३ कात्तिक । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रका हिमायती, आर्थिक स्वतन्त्रतासहितका मौलिक र वैयक्तिक स्वतन्त्रताको उपभोग गरिरहेका नेपालीहरुले यो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनै पर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधि सभामा नेपाली काँग्रेसको तर्फबाट लमजुङका उम्मेदवार बनेका नेता घर्तीले चुनावी प्रचारप्रसारको क्रममा परेवाडाँडाको आमसभालाई सम्बोधन गर्दै प्रजातान्त्रिक परिपाटीलाई बलियो बनाउनका लागि काँग्रेसलाई भोट दिनुपर्ने बताएका हुन् ।

उनले स्थानीय निर्वाचन र यो निर्वाचनको परिणामले पार्ने असरका बारेमा रहेको भिन्नता प्रस्तुत गर्दै भने, ‘स्थानीय तहका पदाधिकारीहरु स्थानीय विकास निर्माण र जनताको सेवामा प्रत्यक्ष संलग्न हुन्छन् । हाम्रा स्थानीय जनप्रतिनिधिहरुबाट राजनीतिक व्यवस्था परिवर्तन हुँदैन । तर प्रतिनिधि सभाको दायरा फरक छ, यसले संविधान समेत संशोधन गर्न सक्छ ।’ लमजुङ जिल्ला २००७ सालको क्रान्तिदेखि नै लोकतन्त्रको पक्षमा रहेको बताउदै नेपाली काँग्रेसका प्रभावशाली नेता धर्तीले २०४८ सालमा पनि बाम एकता भएको तर त्यतिखेर काँग्रेसले दुबै क्षेत्र जितेकोमा अहिलेपनि बाम एकता काँग्रेसलाई फरक नपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले काँग्रेसको नेतृत्वमा संविधान आएको र नेपाली काँग्रेसले आर्थिक विकासतर्फ मुलुकलाई लैजान लागेको बताए । ‘प्रचण्ड र केपी ओलीले बाम गठबन्धनलाई जिताएर संविधान बदल्ने कुरा गरिरहनुभएको छ’ उनले भने, ‘संविधान बदल्ने कुरालाई रोक्नका लागि भएपनि रुख चिन्हमा मतदान गर्नु आवश्यक छ ।’

कार्यक्रममा लमजुङ काँग्रेसका सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पार्टीका पूर्व सभापति तुलसीनारायण श्रेष्ठलगायतले लमजुङ जिल्लाको मुहार फेर्न काँग्रेसलाई विजय गराउनुपर्ने बताए ।