काठमाडौँ, २३ कात्तिक । देवः विकास बैंक लिमिटेड युनियन फाइनान्स लिमिटेड तथा साझा विकास बैंक मर्ज भई एकिकृत कारोवार सुरु गरेका छन् । एकिकृत कारोवार प्रारम्भको अवसरमा काठमाडौंमा आयोजित ‘शुभारम्भ कार्यक्रम’को नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर सिवाकोटीले देशको आर्थिक गतिविधीका विषय चर्चा गर्दै बैंक तथा वित्तीय संस्थाहरुका चुनौती तथा अवसरका विषयमा बताएका थिए । देवः विकास बैंकले शाखा विस्तार सँगसँगै गुणस्तरिय सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले एक्युजिशन पश्चात् बैंकको चुक्ता पूँजी १ अर्ब ६३ करोड पुग्ने र नपुग पूँजीका लागि चाँडै नै ४० प्रतिशत हकप्रद शेयर जारी गरिने तथा बोनस शेयर वितरण गरिने जानकारी गराए । प्राप्त भएका संस्थाका दक्ष कर्मचारीहरुको अनुभवबाट व्यवसाय विस्तारमा थप सहयोग हुन गई लगानीकर्ताहरुलाई उचित प्रतिफल प्रदान गर्न बैंक सफल हुने उनले दृढटा व्यक्त गरे । त्यसैगरी, कार्यक्रममा युनियन फाइनान्सका सञ्चालक राम प्रसाद जोशी तथा साझा विकास बैंक का सञ्चालक डम्बर सिंह कडायतले पनि मन्तव्य राखेका थिए ।
यसैविच, कैलालीको धनगढीमा आयोजित शुभारम्भ कार्यक्रमको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए । धनगढीमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै देवः विकास बैंकका सञ्चालक बिजय राज शर्मा भुसालले तीन वटा सस्थाहरुको एकिकरण पछि अब देवः विकास बैंक पूर्व देखि पश्चिमसम्म विस्तार भएको र आगामी दिन अझ परिष्कृत सेवा उपलब्ध गराउने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक पौडेलले एक्युजिशन गरी पश्चिम नेपालमा पनि व्यवसाय विस्तार गर्न सकेको खुशी व्यक्त गर्दै सफलतापूर्वक एकिकरण सम्पन्न गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरे ।
साझा विकास बैंकका अध्यक्ष फकिर सिंह कडायतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आप्mनो मन्तव्य राख्दै कडायतज्यूले साझा विकास बैंक र युनियन फाइनान्ससँगको एकिकरण पछि देवः विकास बैक अझ सवल भई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न सफल हुने र बैंकिङ्ग क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया