११ मंसिर २०८३, शुक्रबार

बिर्तामोडमा हुने स्वास्थ्य महोत्सवमा केपी ओली र प्रचण्डले संबोधन गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोेड (झापा), २३ कात्तिक । बिर्तामोडमा मसिर २ गतेबाट एक हप्ते स्वास्थ्य महोत्सव आयोजना हुने भएको छ । महोत्सवलाई बाम गठबन्धनका नेताहरु केपी ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा सम्बोधन गरिने समेत भएको छ ।

बिहीबार बिर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेज परिसरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य महोत्सव गर्न लागिएको जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रवन्ध निर्देशक दुर्गा प्रसाइले बाम एकताको सन्देश झापाबाट दिने उद्देश्यले अस्पताल परिसरमा नै स्वास्थ्य महोत्वस गर्न लागिएको बताए ।

महोत्सव मंसिर २ देखि ६ गतेसम्म अस्पताल मा गरिनेछ । महोत्सवमा दैनिक १ हजार विरामीले निशुल्क उपचार लिने उद्देश्य राखिएको सुचना अधिकारी प्रनिस गिरीले जानकारी दिए । महोत्सवमा नेपाल भरका ख्यातिप्राप्त मेडिकल कलेजबाट समेत विशेषज्ञ को सेवाको व्यवस्था गरिएको अस्पतालले बताएको छ।

यसैविच, बिर्तामोडलाई बन्द निषेधित क्षेत्र घोषणा गरिने बाम गठबन्धनका उमेदवार एकराज कार्कीले बताएका छन् । आज विर्तामोडबाट शूरु गरिएको घरदैलो कार्यक्रमपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै बिर्तामोड बासीको चाहानालाइ ध्यान दिदै विर्तामोडलाइ सधैका लागि बन्द निषेधित क्षेत्र बनाइने बताए ।

झापा क्षेत्र नम्वर २ को प्रदेश सदस्यको लागि उम्मेदवारी दिएका कार्कीसहित प्रतिनिधि सभाका उम्मेदवार पवित्रा निरौला खरेल, बृख प्रधानले घरदैलो अभियान सञ्चालन गरेका हुन् । अभियानमा राप्रपा नेपाल माओबादी केन्द्र र एमालेका सयौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।