११ मंसिर २०८३, शुक्रबार

काँग्रेसको आक्रमक चनावी प्रचार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ले आक्रामक शैलीमा प्रचार प्रसार शुरु गरेको छ । आसन्न निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई सानदार ढंगले विजयी गराउन आक्रामक शैलीको प्रचार थालिएको हो ।

यसैक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले गरेको प्रचार प्रसार भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेतेले नेपाली काँग्रेसले मात्र मुलुकमा लोकतन्त्रको संरक्षण गर्न सक्ने बताइन् । सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी बस्नेतले लोकतान्त्रिक गठवन्धनको जितले मात्र नेपालको विकास हुने बताइन् । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनले नेपालको आर्थिक विकास गर्ने र त्यसको लागि जनताले निर्वाचनमा काँग्रेसलाई जिताउनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रदेश क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामाले अबको नेपाल निर्माण गर्ने जिम्मेवारी युवाको भएको र आफु पनि सोहि युवा समुदायको प्रतिनिधि भएको बताए । प्रदेश क्षेत्र नं २ काउम्मेदवार विमल ठकुरीले बुवा स्वर्गिय चक्रबहादुर ठकुरीको योगदान स्मरण गर्दै सोहि विरासतलाई कायम राखेर जनताको काम गर्न आफू राजनीतिमा आएको बताए । कार्यक्रममा प्रचार संयोजक तथा नेपाली काँग्रेसका युवा नेता कुमार राज सुवेदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जित हुनु पर्ने बताए । कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुसहित विविध क्षेत्रलाई प्रतिनिधित्व गर्नेहरुको उपस्थिति रहेको थियो ।