११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धन अधिनायकवाद ल्याउन लागेका छन् : विजय गच्छदार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २३ कात्तिक । नेपाली कांग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले जित्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्नुहुँदै गच्छदारले सो कुरा बताउनुभएको हो ।

गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताउनुभयो । – रासस