११ मंसिर २०८३, शुक्रबार

माओवादी केन्द्रको कार्यक्रममा माधव नेपाल प्रमुख अतिथि

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । माओवादी केन्द्रको आन्तरिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहभागी भएको देखिएको छ । एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको बहस चलिरहेका बेला नेता नेपाल माओवादीको कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा देखिएका हुन् ।

माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर २ ले बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा चुनावी कार्यक्रममा नेपाल प्रमुख अतिथिको रुपमा सहभागी भएका हुन् । यसरी एक–अर्को पार्टीका वरिष्ठ नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अगाडि बढाउँदा पार्टीका तल्लो तहका नेता र कार्यकर्तालाई एकताको सन्देश दिन सकिने दुबै पार्टीको बुझाइ रहेको छ ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमसहितका केन्द्रीय तहका आधा दर्जन नेताहरु अतिथिका रुपमा सहभागी भएका थिए । भेलाको अध्यक्षता माओवादी केन्द्र काठमाडौं–२ का संयोजक विमल ढुंगेलले गरेका थिए ।