११ मंसिर २०८३, शुक्रबार

बामगठबन्धनले चितवनका सबै क्षेत्रमा जित्छः कृष्णभक्त पोख्रेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त बामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेल ।

–शिशिर सिंखडा
भरतपुर (चितवन), २२ कात्तिक । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त बामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनका सबै क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धन विजयी हुने बताएका छन् । पूर्व साँसद एवम् संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेका एमाले नेता पोख्रेलले स्थानीय निर्वाचनमा चितवनका अधिकांश स्थानमा आफ्नो गठबन्धन विजय भएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धन चितवनका ९ वटै क्षेत्रमा विजयी हुने दाबी समेत गरेका छन् ।

‘हामीले चितवनका जनताको मन जितेका छौं’ पोखरेलले भने, ‘किनकी हामीले काम गरेका छौं, त्यसैले जनताले भोट दिएर हामीलाई विजयी गराउने छन् ।’

संविधान लेखनको समयमा पनि बामगठबन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पोख्रेलले अब हाम्रो एजेण्डा चितवन जिल्ला र देशलाई नै समृद्ध बनाउने रहेको बताए । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्राथमिकता रहेको भन्दै पोख्रेलले बामगठबन्धनको सरकारले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताए । भरतपुर वडा नं. १२ भोजाडमा बामपन्थी लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै पोख्रेलले बामपन्थी गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।

उम्मेदवार पोख्रेलले चितवनको ३ नं. क्षेत्रमा देशका पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई उम्मेदवार पाउनु चितवनबासीको गौरव रह ेको बताए । अब देशको नेतृत्व चितवनले गर्ने अवसर पाएको भन्दै पोख्रेलले चितवनकै १ नं. निर्वाचन क्षेत्रमा सफल पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको उम्मेदवारीले झन् चितवनवासी हर्षित भएको बताए । देशलाई नै आर्थिक समृद्धिको मार्गदर्शन गर्न सक्ने सुरेन्द्र पाण्डे र देशकै अभिभावक पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित बामगठबन्धनका सबै उम्मेदवारलाई चितवनवासीले विजयी गराउनेमा आफूहरु ढुक्क रहेको पोख्रेलले बताए ।

सोही कार्यक्रममा प्रतिनिधि सभाचितवन क्षेत्र नं. २ प्रदेश (ख) का उम्मेदवार विजय सुवेदीले देश समृद्ध बनाउने योजनाकासाथ वामगठबन्धन अगाडि बढेको भन्दै चितवनलाई देशकै आर्थिक नगरीको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । यो देशको विकास र प्रगतिको लागि बहुमतको सरकार आवश्यक रहेको भन्दै सुवेदीले संयुक्त बामगठबन्धनको विकल्पन भएको समेत उनले बताए ।

त्यस्तै, संयुक्त बामपन्थी गठबन्धन अन्तर्गत प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ प्रदेश (क) का उम्मेदवार घनश्याम दाहालले सुकुम्वासी, भूमिहिन, पूर्जाविहिनहरुको समस्या आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् । क्षेत्र नं. २ अन्तर्गत कालिकानगर स्तरीय संयुक्त वामपन्थीगठबन्धनको कार्यालय उद्घाटनगर्दैै माओवादी केन्द्रका नेताएवम् उम्मेदवार दाहालले भूमिहिन, सकुम्वासी, बाढी पीडितहरुलाई प्रदेशको निर्वाचनलगत्तै बन्ने सरकारले स्थानीय निकायसँग समन्वय गरी जग्गा धनीपूर्जा वितरणगर्ने समेत बताए । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्न गठबन्धन प्रतिवद्ध रहेको भन्दै दाहालले शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र छिटोभन्दा छिटो सम्पन्न गराई देशकै आर्थिक बृद्धिगर्न र यस क्षेत्रका जनतालाई रोजगारीको ग्यारेण्टी गर्न समेत आफु प्रतिवद्ध रहेको दाहालले बताए ।

शक्तिखोर हुँदै सिद्धिसम्म कालोपत्रे, पहाडी क्षेत्रमा एकिकृत बस्ती, पहाडी क्षेत्रमा व्यवसायिक फलफूल खेती, शक्तिखोर, सिद्धि, गढी, सिराइचुली, हात्तीवाङ्ग क्षेत्रलाई चेपाङ पैदलमार्गका रुपमा गर्ने लक्ष्य रहेको समेत उनले बताए ।

उम्मेदवार सहितको उपस्थितिमा बुधबार नै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल, वडा नं. २ पदमपुर, वडा नं. ७ सगुनटोल, वडा नं. ८ शक्तिखोरमा पनि संयुक्त कार्यालय उद्घाटन गरिएको थियो । सो कार्यक्रममा पूर्वस्थानीय विकास मन्त्री एवम् एमाले सल्लाहकार परिषदका केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणदाहाल, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, माओवादी केन्द्रका नेता सवितालामा, इश्वर सापकोटा, एमाले नेताहरु जयचन्द्र प्रसाद चौधरी, टिकाराज रिजाललगायतले मन्तव्यव्यक्त गरेका थिए ।

त्यस्तैगरी, चितवन क्षेत्र नं. १ प्रदेश (क)का बामपन्थी गठबन्धनका उम्मेदवार दावा लामा, १ (ख)का उम्मेदवार कृष्ण प्रसाद खनाल, ३ (क)का उम्मेदवार कृष्णभुर्तेल, ३ (ख)का उम्मेदवार रामलालमहतोले पनि आ–आफ्नो क्षेत्रमा संयुक्त बामगठबन्धनको कार्यालय उद्घाटन एवम् संयुक्त कार्यकर्ता माझ मन्तव्य व्यक्त गरेका थिए ।