२२ कार्तिक २०८३, आइतबार

बडिमालिका नगरपालिकाभित्र नगरकै शिक्षा नीति

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २२ कात्तिक । बडिमालिका नगरपालिकाले नगर सुहाउँदो शिक्षा नीति निर्माण गर्ने भएको छ । संविधान र राष्ट्रिय शिक्षा नीतिमा रहेर नगरपालिका सुहाउँदो स्थानीय पाठ्यक्रमलाई समेत समेट्ने गरी शिक्षा नीति निर्माण गर्न लागेको हो ।

नीति निर्माणका लागि शिक्षा विद् डाक्टर विद्यानाथ कोइराला सहीतको टोली बाजुरा पुगेको छ । नगरपालिकाको अगुवाईमा परिवेश र स्थानीय जनजीवन सुहाउने खालको शैक्षिक गतिविधि, सुविधा सहीतको नीति निर्माण गर्न लागिएको नगर प्रमुख पदम बडुवालले बताए ।

राष्ट्रिय शिक्षा नीति र सरकारले अबलम्बन गरेका विषयलाई थप परिमाजन र स्थानीय परिबेश अनुकुल बनाउने उद्देश्य सहीत नगरपालिकाले २ दिने कार्यशाला सञ्चालन गरेको छ । नगर भित्रका नौ वटै वडाका जनप्रतिनिधी, शिक्षासँग सरोकार राख्ने निकाय र विद्यालयका प्रअ तथा विव्यस पदाधिकारीबीच कार्यशालामा बृहत छलफल हुने नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोक चन्द्रले बताए ।

वडा तहका समूह बनाएर समूह कार्य गरिने छ भने त्यसै समुहको निष्कर्ष सुझाव र आवश्यकताको पहिचानका आधारमा नीति बनाईने नगरपालिकाले बताएको छ । जहाँ आफू त्यहाँ आफ्ना भन्ने नाराका साथ शिक्षाको गुणस्तर सुधार र शिक्षामा सबैको पहुँच वृद्ध गराउनकै लागि नगरपालिकाले आफ्नै शिक्षा नीति निर्माण गर्न लागेको नगर उपप्रमुख कविता विष्टले बताईन् ।

सबै जनप्रतिनिधि र सरकारी सेवा लिई रहेका व्यक्तिहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा छोरा छोरीलाई पठन पाठन गर्न लगाउने गरी अनगरले आफ्नो नीति बनाउने छ । नीति निर्माणको सहजिकरण र आवश्यक सुझावका लागि शिक्षा विद् डाक्टर विद्यानाथ कोइरालालाई बोलाईएको छ ।

सेभ द चिल्डे«न, पीसविनसँगको सहकार्यमा नगरपालिकाले कार्यशाला आयोजना गरेको हो । नामको मात्र निशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वन गर्न र सहज, सुलभ र गुणस्तरीय शिक्षामा जोड दिन नगरपालिकाले लिएको अगुवाईले ठूलो सहयोग पुग्ने सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक टिका विकले बताए ।

नीति निर्माणले मात्र नहुने भएकोले नगरपालिकाले अघि सारेको जहाँ आफू त्यहाँ आफ्ना भन्ने नाराबाटै सबै कुराको ज्ञात हुने भएकोले कार्यान्वनमा जोड दिन प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सुझाव दिए ।

क्याम्पसका प्राध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धीत निकायका जानकार र अगुवा सहीतको उपस्थिति रहेको कार्यशालामा शिक्षा विद् डाक्टर विद्यानाथ कोइरालाले सहजिकरण गर्ने कार्यक्रम छ । व्यवसायी, प्राविधिक र गुणस्तरीय शिक्षामा जोड दिने गरी नगरले नीति बनाउनु पर्ने सुझाव कोइरालालको छ । जनप्रतिनिधिले कार्यान्वनमा जोड दिनु पर्ने सहभागिको सुझाव छ ।