काठमाडौँ, २२ कात्तिक । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी २०७४ माघ २४ गते सम्म कायम रहनेछ ।
टेलिकमले अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेजलगायतका विभिन्न १० अफरहरु सञ्चालन गरिरहेको छ । यी सेवाहरुको प्रयोग गरेर ग्राहकहरुले कल सेवादेखि थ्रीजी इन्टरनेटसम्मका विभिन्न अफरहरु सुपथ मुल्यमा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।















प्रतिक्रिया