२ कार्तिक २०८३, सोमबार

धान काट्न खेतमै पुगेका सिलवाललाई के भने मतदाताले ?

58.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ कात्तिक । चर्चित एमाले नेता ललितपुर १ का बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल डुकुछाप पुग्दा मतदातामा बेग्लै रौनक देखियो । घरदैलोकै क्रममा मतदातालाई नमस्कार गर्दै खेतमै ओर्लिएर धमाधम धान काट्न सघाएका सिलवालले आफू किसानको छोरो भएकाले खेत र किसानसंगको ममता भित्री हृदयदेखिको भएको बताएका छन् । खेतमै भेटिएका मतदाता आफ्नो परिवारकै सदस्य र वालसखा भएको अनुभूती भएको प्रतिक्रिया दिएका सिलवालले डुकुछापका किसानको धानखेतमा जाँगर लगाएर खेतालाहरुकै सीप सरह धान काटेका थिए ।

यसरी धान काटेको देखेपछि स्थानीयहरुले सिलवालको धान कटाइ अरु उम्मेदवारको जस्तो नाटक मात्रै नभएर भावनात्मक भएको प्रतिक्रिया दिए । यो सिजनमा मत माग्न आउने उम्मेदवार धान खेतमा ओर्ले जस्तो त गर्छन् तर सिकसिको नमानिकन मेहनत गरेरै धान काटेर हाम्रो मन तान्नुभो गोदावरी ८ डुकुछापका एक किसानले बताए । क्षेत्र नं १ ख का उम्मेदवार चेतनाथ सञ्जेल र बाम गठबन्धनका नेता कार्यकर्ता सहित पुगेका सिलवालले कृषि क्रान्ति बेगर मुलुकको भविष्य उज्वल नहुने बताए । धानखेतमै सिलवालले प्रतिक्रिया दिए खातामा करोडौं हुनेले पनि त अन्न नै खाने त हुन् त्यसैले मेरो पहिलो प्राथमिकता कृषि क्षेत्रमार्फत समृद्धि हो ।