२२ कार्तिक २०८३, आइतबार

सिलवाल जिताउन वडाध्यक्षका उम्मेदवारसहित युवाहरु एमाले प्रवेश

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ कात्तिक । गत स्थानीय तहको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका राम केसी सहितको टोली बुधबार एमाले प्रवेश गरेको छ ।

गोदावरी नगरपालिका ९ छम्पीमा बुधबार आयोजित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले प्रवेश गराएका हुन् ।

प्रवेश कार्यक्रममा संयुक्त बाम गठबन्धनका उम्मेदवार सिलवालले देशभक्त, राष्ट्रवादी, प्रगतिशील र बामपन्थी शक्तिहरु बाम गठबन्धनमा ध्रुवीकृत हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार चेतनाथ सञ्जेल लगायत एमाले नेताहरु सहभागी थिए ।