२ कार्तिक २०८३, सोमबार

कांग्रेसमा गगन थापालाई भयो यति ठूलो धोका !

13.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पार्टीभित्र धोका भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले थापालाई प्रवक्ता बनाउने आश्वासन दिएपनि केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिमा थन्क्याइएको छ । कांग्रेसले थापालाई उपसमितिको संयोजक बनाएको हो । थापा नेतृत्वको उपसमिति ४३ सदस्यीय रहेको छ ।

यता चुनाव अवधीभर पार्टीको प्रवक्ताको हैसियतमा बालकृष्ण खाँड केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बनेका छन् । उनकै नेतृत्वमा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ का लागि कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

यो समितिले युवा नेता थापाको नेतृत्वमा आज उपसमिति गठन गरेको हो ।

यसअघि थापालाई पार्टीको प्रवक्ता नियुक्त गरेकोसम्म समाचार आएका थिए । तर, उनलाई खाँडको मातहत राखिनुले उनी प्रवक्ता नबनेको पुष्टि भएको छ ।

पार्टीका अर्का युवा नेता एवं खरो वक्ता धनराज गुरुङलाई अन्तिममा टिकट नदिएर धोका दिएको कांग्रेसले गगनलाई पनि जिल्ल पारेको छ ।