५ कार्तिक २०८३, बिहिबार

सिभिल बैंकलाई मुनाफा नै मुनाफा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक २० । सिभिल बैंक लिमिटेड (Civil Bank Limited) ले चालु आर्थिक वर्ष २०७४÷७५ को पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको तुलनामा ६७९ दशमलव १६ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९ दशमलब ६७ प्रतिशतले वृद्धि गरी ३४ अर्ब २४ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जा लगानीमा १५ दशमलव ३८ प्रतिशत वृद्धि गरी ३० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ पु-याएको छ ।

त्यसैगरी बैंक को खुद व्याज आम्दानी २४ दशमलव ८९ प्रतिशतले बढेर २८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३३ करोड १७ लाख रुपैयाँ राखेको छ भने ३१ करोड ४५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रति शेयर आम्दानी ८ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ३३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३३ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १५ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा ४ दशमलव ६९ प्रतिशत रहेको छ ।