२२ कार्तिक २०८३, आइतबार

निर्वाचित भए सरकारी सेवासुविधा नलिने युवा संघ अध्यक्ष पहारीको घोषणा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ कात्तिक । बाम गठबन्धका तर्फबाट कास्की क्षेत्र नम्वर ३ अन्तर्गत प्रदेश सभा (ख) का उम्मेदवार राजीव पहारीले कुनैपनि सरकारी सेवासुविधा नलिई जनताको सेवामा समर्पित हुने बताएका छन् ।

पोखराको वडा नम्वर ५ मा आयोजित कोण सभामा बोल्दै पहारीले प्रदेश सभामा निवाचित भएपछि पाउने सवै सेवासुविधा आफुले नलिने र जनताको विकासमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

‘मलाई निवाचित गराएपछि पाउने कुनैपनि सरकारी सेवासुविधा लिने छैन, सवै विकासका लागी खर्च गर्नुछु ।’ युवा संघका अध्यक्ष समेत रहेका पहारीले सेवासुविधाको लोभले नभई जनताको प्रतिनिधिको रुपमा विकास र समृद्धिको लागी आफनो उम्मेदवारी भएको बताउनुभयो । ‘म आफैमा सम्पन्न ब्यक्ति हुँ, मलाई राज्यको सेवासुविधाको लोभ छैन, त्यसैे हजुरहरुले जिताउनु भयो भने सेवक भएर काम गर्ने छु ।’

उम्मेदवार पहारीले सधै मतदाताको शिर उच्च बनाउने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । ‘मलाई मत दिएर जिताउने मतदाताको शिर झुक्ने कुनै पनि काम गर्ने छैन, सधै तपाईहरुको शिर उच्च हुने काम गर्नेछु ।’

उनले कसैलाई आरोप प्रत्यारोप गरेर भन्दा पनि सवै पार्टीका मतदाताले समृद्धि, विकास र स्थायित्वका लागी एक पटक विजयी गराए मौका प्रदान गर्न आग्रह गरे । उनले सुर्य र हसिया हथौडामा मतदान गरेर विकास र समृद्धिको पक्षमा साथ दिन उनले सवैलाई आग्रह गरे ।