पोखरा, २२ कात्तिक । पोखरा लेखनाथ महानगरपालिका लेक साइडमा वाम गठवन्धका उमेदवारलाई जिताउन आज एक कार्यक्रमका बीच निवार्चन परिचालन कमिटीको कार्यालय उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एमालेका समानुपातीक उम्मेदवार सोमनाथ प्यासी अधिकारीले देश विकासका लागी वाम गठवन्ध भएको वताए र यो वाम गठवन्धलाई रमाइलो रुपमा नलीन समेत अनुरोध गर्दे कार्यकर्ताहरुलाई ढुक्क भएर भोट हाल्न आग्रह गरेका थिए ।
निवार्चन क्षेत्र ३ प्रदेश सभाका उमेद्वार एवं युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले आफू सधै जनताको सेवक वन्न चाहेको बताए । हाम्रो क्षेत्र पर्यटनका हिसावले अत्यन्तै महत्वपूर्ण रहेकाले यसको सही प्रयोग गरेर आर्थिक सम्बृद्धि हासिल गर्ने बताए ।
उद्घाटन कार्यक्रममा भिसेन भुजेलको संयोजकत्वमा एक हजार १ सदस्य निवार्चन परिचालन कमिटी समेत निर्माण गरिएको थियो । कार्यक्रममा मित्र कुमारी गुरुङ सुवेदी रामचन्द्र थापा लगायतले बोलेका थिए ।













प्रतिक्रिया