आउँदो मंसिर २१ गते हुने निर्वाचनमा डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र (ख) प्रदेश सभाका उम्मेदवार डा. तारा जोशीको राजनीतिक यात्राः
२०२७ चैत्र २७ गते गन्यापधुरा गाउँपालिका गणेशपुरको बामनगाउँमा बुवा भवानी दत्त जोशी आमा हरिना देवी जोशीको जेष्ठ सन्तानका रुपमा तारा जोशीको जन्म भएको हो । भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एस.एल.सी. गरेका उनी कैलाली बहुमुखी क्याम्पसबाट आई.कम. गरेका हुन सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बि.ए. पास गरेका उनी एम.ए. भने भारतको कुवाउ विश्व विद्यालय नैनीतालबाट गरेका हुन् । भारतको प्रतिष्ठीत जहरुलाल नेहरु विश्व विद्यालयबाट एम फिल र विद्या बारिधि पि.एच.डी. अन्तराष्ट्रिय सम्बन्धमा २०६८ सालमा सकेका हुन । तारा जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेश संगै भएको थियो ।
२०४६ सालमा पञ्चायती शासनका विरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यर्थी संगै निरंकुशताको विरुद्ध आन्दोलन गरेका हुन् । २०४६ सालको परिवर्तन चल्दै गर्दा जोशी कैलाली बहुमुखी क्याम्पसमा प्रहरीले गरेको दमन स्मरण गर्न चाहन्छन् । कैंयो दिन प्रहरीको दमनबाट विद्यार्थीहरु बाहिर निस्कीने अवस्थाबा विरुद्ध पनि आफूहरुले आन्दोलन गरेको ति दिन सम्झन्छन् । डा. तारा जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मा.वि. बडालमा शिक्षकको रुपमा काम गरे शिक्षण पेशा मार्फत राजनीति गर्ने उनको त्यत्ति बेलाको बाध्यता थियो । २०४७ तिरै जोशीले बिरभद्र माध्यमिक विद्यालय हालको नबदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे । आलितालको दुर्गा मा.वि.मा समेत शिक्षण पेशामा केही समय विताए । उनले त्यही समयमा संगठनको काम सँगै भुवनेश्वरी मा.वि. बड बसन्तपुरमा शिक्षण पेशामा ४ वर्ष माध्यमिक तहमा अंग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले ।
२०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाण्डौं सम्पर्क मञ्चको सदस्त हुँदै काठमाण्डौं केन्द्रित राजनीति गरे २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमाले ले उनलाई जिल्ला कमीटी सदस्यमा जिम्मेवारी दियो । १ वर्षे जिल्ला कमिटी चलाउदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रुपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रुपमा काम गरे २०६३ को आन्दोलन चल्दै गर्दा पूर्व तत्कालिन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे त्यसका विरुद्ध आन्दोलनमा उत्रिएका डडेल्धुराका राजनीतिक कर्मीलाई पुलिसले गिरफ्तार ग-यो । तारा जोशी २५ दिनका लागि जेल चलान भए । अन्तिममा आएर राजा ज्ञानेन्द्र्रले नगरपालिकाको नौटंकी चुनाव स्थगित गरे ।
०६२/०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गरे । २६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान ग-यो । आन्दोलन चल्दै गर्दा जब देशमा लोकतन्त्र आयो तारा जोशीलाई कारागारबाट मुक्त गरियो । तारा जोशीले कञ्चनपुरमा रहदा २०५५ सालमा महंगीका विरुद्ध आन्दोलन गर्दा प्रहरी दमन भएको पुनः सम्झन चाहन्छन् ।
२०५५ कै बेला पेट्रोलियम पदार्थको भाउ बढेका बेला तारा जोशी कञ्चनपुरमा सरकार विरुद्ध गरिबलाई सहुलियत हुनुपर्ने भन्दै आन्दोलन गरेका थिए । भारतले एकतर्फी बनाएको पूर्णागिरी बाँध भत्काउन होस् या भारतले कालापानीमा कालापानी मिच्दाहोस् त्यसका विरुद्धमा कालापानी मार्च पास गर्दै नेपाली स्वाभीमानलाई झुक्न दिएनन् ।
राष्ट्रिय स्वाभीमान बचाउनु निरंकुशताका विरुद्धमा आवाज उठाईहरनु विकासका पक्षमा जन परिचालन गर्दैै जनतालाई जगाउनु उनका उपलब्धीका रुपमा लिन सकिन्छ । उनी २०५९ साल देखि हालसम्म नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्ष छन् ।
उनले डडेल्धुराका लागि बनाएको भिजन डडेल्धुरा यस प्रकार छ:
१. यातायात सिचाई बिजुली वि मानस्थल, डम्पीङ्ग साईट आदिको विकास एवं विस्तार गर्नु ।
२. कृषि तथा बनजन्य उद्योगको स्थापना गरी रोजगारी सृजना गर्न ।
३. जिल्ला सदरमुकामलाई सुन्दर पर्वतिय हिल सिटीको रुपमा विकास एवं व्यवस्थीत गर्नु ।
४. सुविधा सम्पन्न उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउन पर्यटन मार्फत रोजगारी बढाउन जिल्लाका ऐतिहासिक तथा सांस्कृतिक महत्वको प्रचार प्रसार गर्न ।
५. जिल्ला लाई शिक्षाको उत्कृष्ट केन्द्र सेन्टर फर एक्सचेन्ज बनाउन ।
६. असल शासन , असल संस्कृति बढाउन ।
७. जेष्ठ नागरिक युवा बालबालिका महिला भिन्न क्षमता भएका, अपाङ्गता भएका व्यक्तिको विशेष विकास उत्थान गर्न ।
८. दिर्घकालिन विकासको सोचमा सबै सरोकारवालालाई एक्यबद्धता जुटाई श्रोत परिचलन गर्नु ।
९. डडेल्धुरा जिल्लालाई सुदुरपश्चिमको आर्थिक केन्द्र बनाई बाह्य लगानी भित्र्याउनु ।
१०. कुशल सक्षम राननीतिक नेतृत्व मार्फत जिल्लाको विकासको अगुवाई गर्ने ।













प्रतिक्रिया