मंगलबारे (इलाम) २२ कात्तिक । इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश नं १ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका डम्बर खड्काले आफूले जितेको खण्डमा सरकारी तलब भत्ता नलिने घोषणा गरे । उनले इलाम सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै प्राप्त सेवा सुविधामा आफूले अझ थपेर वृद्धवृद्धालाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकाका खड्का निर्माण व्यवसायी हुन् । हालसम्म विभिन्न धार्मिक संघ संस्थामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएका खड्का समाजसेवीको रुपमा समेत परिचित छन् ।
‘मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन ।’ उनले भने, ‘म समाजको लागि सेवा गर्न राजनीतिमा प्रवेश हुँ ।’ आफूलाई आवश्यक रकम निर्माण व्यवसायबाट नै प्राप्त हुने भन्दै खड्काले देशको विकासमा आफू लगातार लागिरहने प्रतिबद्धता समेत जनाए । –रासस











प्रतिक्रिया