काठमाडौं, २२ कात्तिक । भारतमा बसोबास गर्ने एक नेपाली युवकले पूर्वराष्ट्रपति डा.रामवरण यादवको नाममा एक हजार रुपियाँको चेक पठाएका छन् ।
सरकारले पूर्व राष्ट्रपति डा.यादवको घर भाडा नतिरेर विवादित बनाएको भन्दै व्याङ्ग्य गरेर ती नेपाली युवकले एकहजार पठाएका हुन् ।
‘युनाइटेड मधेशिस्’ नामक संगठनका सदस्य एवम् नयाँ दिल्लीका पूर्व महासचिव उमेशकुमार साहले डा.यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक पठाएको जनाइएको छ । साहको यो एक हजारको चेकका विषयमा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
डा.यादव बसेको घरका मालिकले पत्रिकामा सूचना जारी गरेर भाडाका विषयमा बबण्डर खडा गरेपछि सरकारको आलोचना हुँदै आएको छ ।











प्रतिक्रिया