५ कार्तिक २०८३, बिहिबार

दलका उम्मेदवारहरूको चन्दा आतंकले उद्योगी तनावमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ कात्तिक । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् ।

एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।

उहाँले भन्नुभयो, “धेरै दलहरुले चन्दा मागेका छन् कसलाई दिनु कसलाई नदिनु । राठीका अनुसार एउटै उद्योगीका विभिन्न जिल्लामा उद्योग सञ्चालित छन् । मोरङमा चन्दा दिइएकै दलहरुले अन्य जिल्लामा भएका उद्योगमा पनि चुनावका लागि आर्थिक सहयोग पत्र लेखरै माग्ने गरेका छन् ।

उद्योगमा दलहरुले चुनावी सहयोगका लागि पत्र लेखेरै उद्योगमा पठाउने गरेका कारण उद्योगी तनावमा छन् । त्यतिमात्र होइन टंकी सिनवारीमा रहेको भगवती कार्पेटका व्यवस्थापक उमेश सिग्देलका अनुसार कहिले कुन पार्टीको जिल्ला सम्मेलन, कहिले कुन पार्टीको राष्ट्रिय सम्मेलन, कहिले कहाँको धार्मिक महोत्सव, कहिले कुन पार्टीको आन्दोलनका लागि आर्थिक सहयोग मागेरै पत्र आउने गरेको छ ।

पत्रमा आर्थिक सहयोग भनेर लेखिए पनि रेट तोकेरै उद्योगीसँग बार्गेनिङ गर्ने गरेको उद्योगीले बताएका छन् । त्यतिमात्र होइन विभिन्न धार्मिक संस्कारमा समेत करिडोर क्षेत्रका उद्योगीसँग रेट तोकेरै चन्दा माग्न धेरै आउने गरेका छन् । – रासस