२२ कार्तिक २०८३, आइतबार

एमालेद्धारा बागी उम्मेदबारी दिने खड्कालाई कारवाही

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २१ कात्तिक । नेकपा एमाले प्रदेश संगठन कमिटीले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धमा स्वतन्त्र उम्मेदबारी दिने एक जनालाई कारवाही गरेको छ ।

एमाले केन्द्रिय सदस्य एवम बारा इन्र्चाज बलबिर चौधरीले एक बिज्ञप्ति जारी गरी प्रदेश सभाका लागि हुन गइरहेको निर्वाचनमा पार्टीको निर्णय बिपरीत बारा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत प्रदेश सभा ३ (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदबारी दिने प्रदेश संगठन कमिटी सदस्य भरत बहादुर खड्कालाई पार्टी बिधानको धारा ४९ (क) को ८ बमोजिम निजले सम्हाली आएका सम्पुर्ण जिम्मेबारी बाट बर्खास्त गर्नुका साथै पार्टी सदस्यता समेत नरहने गरी अन्तरपार्टी निर्देशन अनुसार निष्कासन गरिएको जनाउनु भएको छ ।

साथै निजको भ्रममा नपर्न मतदातालाई अपिल समेत गरिएको छ ।