११ मंसिर २०८३, शुक्रबार

प्रहरी संगठनको आफ्नो विगत सम्झिदै ललितपुरवासीसामु सिलवालले गरे नयाँ प्रतिबद्धता

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २१ कात्तिक । नेकपा एमालेका नेता ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार नवराज सिलवालले ललितपुर क्षेत्र नं १ को कृषिमा आधारित अर्थतन्त्रलाई संसारभर चिनाउने प्रतिबद्धता जनाएका छन् ।

दक्षिणी भेकका कार्यकर्ता एवम् मतदातासंग भेटघाट गर्न प्रदेश सभाका उम्मेदवारहरु लालकुमारी पुन र चेतनाथ सञ्जेल सहित पुगेका सिलवालले आफ्नो कार्यदक्षताका आधारमा जसरी नेपाल प्रहरीलाई उच्च मनोवलका साथ कार्यसम्पादनमा गौरव गर्न सक्ने संगठन बनाएको थिएँ त्यसैगरि ललितपुरवासीलाई पनि गौरव गर्ने स्थानमा पुर्याउने बताएका छन् ।

एउटा मत दिनुस् न्यायका लागि जीवनभर लड्छु

सिलवालले आफूलाई एउटा मत दिएर संसद सदस्यमा निर्वा्चित गराउने मतदातालाई न्याय दिलाउन जीवनभर लड्ने संकल्प गरेका छन् । ललितपुरको दक्षिणी भेकका मतदातालाई भेट्न पुगेका सिलवालले विकासका हिसावले पछी परेको ललितपुरको भूगोललाई सबैले अनुभव गर्ने गरी विकसित बनाउने प्रतिबद्धता जनाएका छन् । न्याय, समानताको पक्षमा लडेर नथाक्ने परिचय बनाएको आफ्नो छवी ललितपुरलाई विकसित नबनाई नथाक्ने पनि बताएका छन् । संसारभर यस्तै डाँडाकाँडा भएका ग्रामीण र पहाडी भेकहरु विकासका मूल बनेको स्मरण गर्दै ललितपुरको दक्षिणी भेकका कृषि, पर्यटन र प्राकृतिक सम्पदाको परिचालनबाट नमूना विकसित जिल्ला बनाउने उद्घोष समेत गरेका छन् ।

सिलवालले ललितपुरको दक्षिणी भेकका गिम्दी, ठूलादुर्लुंग, आश्रांग प्युटार र चन्दनपुरको कफी खेतीको अवलोकन गर्दै कफी किसानलाई विश्व बजारमा प्रतिष्पर्धी व्यवसायको रुपमा ललितपुरको कफी खेतीलाई चिनाउने प्रतिबद्धता जनाएका छन् । कालेश्वर, चन्दनपुर, गोटिखेल, मानिखेल र बुखेलका स्थानीय पार्टी कार्यकर्तालाई भेटेर सिलवालले चिया, पशुपालन तथा तरकारीखेतीमार्फत कृषिमा आधारित व्यवसायको प्रवद्र्धनबाट नमूना जिल्ला बनाउने गरी कार्ययोजना बनाएर आफूले काम गर्ने बताएका छन् ।

नेपाल प्रहरीको नेतृत्वमा रहँदा प्रहरीको मनोवल उठाएँ अब ललितपुरवासीको मनोवल उठाउने मेरो कर्तव्य हो, सिलवालले भने भोटको लागि आश्वासन भन्दा प्रतिबद्धता व्यक्त गर्ने हो । धाक धम्की र अरुप्रति हिलो छ्यापेर आफ्नो पक्षमा विश्वास आउने नभै आफूले विगतमा गरेका कामहरुबाट संसारले चिन्नेछन् भन्दै आफ्नो पारदर्शी जीवनशैली र क्षमताले स्थापित कार्यकुशलतालाई मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे ।

सिलवालसंगै कार्यकर्ता भेलामा पुगेकी प्रदेश सदस्यकी उम्मेदवार लालकुमारी पुन सुशिलाले जनतालाई आर्थिक समृद्धिकाने मोडल सिकाएर आत्मनिर्भर बनाउने कायएृक्रम बाम गठबन्धनसंग भएको बताइन् । हामीले जनतालाई आत्मनिर्भर र बलियो बनाउँछौं भन्दा काँग्रेसहरु झस्किएर आफूले शोषण गर्न नपाउने भएकोले काँग्रेस तिल्मिलाएको पुनले बताइन् ।

प्रदेश ख का उम्मेदवार चेतनाथ सञ्जेलले ५ वर्षभित्र कृषिमा आधारित उद्यम व्यवसायले स्वरोजगार सिर्जना गरी बेरोजगारको अन्त्य गर्ने बताएका छन् । सञ्जेलले भने हामी डर त्रास देखाएर धम्क्याउने र पैसा देखाएर लोभ्याउने काम गर्दैनौ, उद्योग र स्वरोजगारको मोडल ल्याउँछौं हरेक व्यक्तिलाई आत्मनिर्भर बनाउँछौं ।

अधिकारका लागि लडियो, अब समृद्धिका लागि लडौं: महर्जन

नेकपा एमालेका नेता ललितपुर २ का उम्मेदवार कृष्णलाल महर्जनले ५० वर्ष लामो राजनीतिक लडाई लडेको पुस्ताले अधिकार पाएको बताउँदै अव समृद्धिका लागि लड्नुपर्ने बताएका छन् ।

आज ललितपुर २ मा कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रममा बोल्दै महर्जनले जनतालाई रैती ठान्ने र सीमित पुँजीपतिको रवाफमा लोकतन्त्र र उदारवादको नारा दिने कांग्रेसका कारण आधारभूत तहका जनताले विकास अनुभव गर्न नपाएको बताएका छन् । नेकपा एमालेको नेतृत्वमा भएको विकासको अनुसरण गर्न अरु दललाई पनि आग्रह गरेका छन् ।

क्षेत्र नं २ प्रदेश क का उम्मेदवार माधव पौडेलले अधिकारमाथि शोषण गर्ने अधिनायकवादको अन्त्य भए पनि जनताको समृद्धि र आर्थिक सामाजिक विकासका अवरोधकको रुपमा रहेको वर्गसंग लडाई लड्नुपर्ने भएको बताएका छन् । देशलाई सधै अविकसित बनाउन चाहने देशभित्र र बाहिरको प्रतिगामी शक्तिले बाम गठबन्धनको विरोध गर्ने र भाँड्ने प्रयास गरेको पनि बताएका छन् ।

ललितपुर २ ख का उम्मेदवार ज्ञानेन्द्र शाक्यले पाटन नगरीलाई विश्वको ध्यान तान्ने पुरातात्विक र सांस्कृतिक शहरको रुपमा विकास गर्ने बताएका छन् । कार्यकर्ता भेटघाट तथा मतदाताहरुसंग कुरा गर्दै शाक्यले ललितपुर पाटनलाई शताव्दीऔंदेखि पर्यटकको केन्द्रको रुपमा पाएको बताउँदै विश्वलाई चिनाउने पर्यटकीय केन्द्रका रुपमा विकास गरी वार्षिक लाखौं पर्यटक भित्र्याएर आर्थिक समृद्धिको बाटोमा लैजाने बताएका छन् ।