११ मंसिर २०८३, शुक्रबार

एकताको सन्देश दिन एउटै मालामा बाम उम्मेदवार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राजेन्द्र पनेरु
कञ्चनपुर, २१ कात्तिक । वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले एकताको सन्देश दिन क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई एउटै माला पहि-याइएको छ । एकताको सन्देश गाउँ–गाउँसम्म पु-याउन कार्यकर्ताले प्रतिनिधिसभाका उम्मेदवार विना मगर र प्रदेश सभा उम्मेदवार तारा लामातामाङ र कुलवीर चौधरीलाई एकै माला लगाइएको हो । दुवै पार्टी नेतृत्वले गरेको एकता तयारी र चुनावी तालमेलपछि पहिलो पटक भएको कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा संयुक्त कार्यकर्ता भेलामा उत्साह र सौहार्दता देखिएको छ ।

यसैबिच, बामगठबन्धनमा आबद्ध एमालेका बागी उम्मेदवारलाई मनाउन अन्तिम कसरत भइरहेको छ । गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताले फिर्ता नलिएपछि बागी उम्मेदवारलाई मनाउन गठबन्धनका नेता दौडधुपमा लागेका हुन् ।

एमालेका नेताहरू अन्तिम छलफल गरी बागीलाई मनाउन र आधिकारिक उम्मेदवारलाई समर्थन गरी विज्ञप्ति निकाल्ने आशामा छलफल गरिरहेका छन् । एमाले जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्रप्रसाद जोशी, जिल्ला सदस्य कर्णबहादुर चन्द र भीनपाका–१० का पूर्व वडाध्यक्ष हीरासिंह विष्टले बागी उम्मेदवारी दिएका छन् ।

आदिवासी जनजातिबाट २१ जना चुनावी मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आदिवासी जनजाति समुदायका २१ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । दलहरूले प्रदेशसभा र प्रतिनिधिसभामा जनजाति समुदायका उम्मेदवार बनाएका हुन् । स्थानीय तह निर्वाचनमा प्रमुख तीन दलमध्ये माओवादी केन्द्रले लालझाडी र बेलौरीमा प्रमुख पदमा जनजाति उम्मेदवार बनाएको थियो ।

एमालेले बेलौरी र कृष्णपुर नगरपालिकामा उपप्रमुखमा उम्मेदवार बनाएको थियो । ती सबै तहका जनजाति समुदायका उम्मेदवारले चुनाव जितेका थिए । एमाले माओवादी केन्द्रको वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की विना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ भने क्षेत्र नं १ को (क) मा एमाले अध्यक्ष तारा लामातामाङ उम्मेदवार बनेका छन् । मगर र तामाङ पुनर्वास नगरपालिका एकै वडाका बासिन्दा हुन् । काँग्रेसले पनि (क) मा जनजाति समुदायका गोपाल गुरुङलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं १ (क) मा वाम गठबन्धन र काँग्रेस दुवैका उम्मेदवार जनजाति समुदायका छन् । वाम गठबन्धनबाट एमालेका कुलवीर चौधरी र काँग्रेसबाट रामलाल राना प्रतिस्पर्धी हुन् । एमालेले विद्यार्थी नेत्री मर्यादा विष्टको टिकट फिर्ता गरी अन्तिम समयमा चौधरीलाई उम्मेदवार बनाएपछि काँग्रेसले पनि जनजातिको मत तान्न रानालाई टिकट दिएको थियो ।

लेखक र भट्ट बीच कडा प्रतिष्पर्धा

काँग्रेस नेता रमेश लेखकले कञ्चनपुर क्षेत्र नं ३ बाट चौथो पटक सांसद बन्न मनोनयन दर्ता गरेपछि भने, ‘वाम गठबन्धनका कारण हार्ने कुरा हुँदैन, टिमसहित जित्छौँ ।’
विस २०५६ को आम निर्वाचन जितेका नेता लेखक विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका थिए । काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उनी झिनो मत अन्तरले विजयी थिए । अहिले फेरि चौथो पटक सांसद बन्ने लक्ष्यसहित उम्मेदवार लेखक चुनावी मैदानमा छन् । वाम गठबन्धनले यस क्षेत्रमा एमालेका विदेश विभाग सदस्य डा दीपकप्रकाश भट्टलाई प्रतिस्पर्धी बनाएको छ ।

स्थानीय चुनावमा ३० वटै वडाका अध्यक्षले पाएको मतका आधारमा काँग्रेस वाम गठबन्धनभन्दा निकै कमजोर छ । गठबन्धन काँग्रेसभन्दा १० हजार १०६ मतले अगाडि छ । स्थानीय चुनावमा वाम गठबन्धनको २६ हजार १८३ र काँग्रेसको १६ हजार ७७ मत छ ।

काँग्रेस उम्मेदवार लेखकले गठबन्धनको मत तान्ने र गठबन्धन उम्मेदवार भट्टले आफ्नो मत जोगाउने रणनीति बनाएका छन् । काँग्रेसका क्षेत्रीय प्रवक्ता अफीलाल जोशीले भने संघ र प्रदेशको चुनाव स्थानीय जस्तो नहुने भएकाले लेखक नै जित्ने दाबी गरे । ‘यो चुनावलाई स्थानीयसित आँकलन गर्न मिल्दैन’ उनले भने, ‘हामी जित्छौँ ।’

एमाले उम्मेदवार डा. भट्टले भने वाम गठबन्धनले नै जित्ने बताए । ‘यहाँ गुलियो र मीठो कुरा गरी जनतालाई धेरै वर्षदेखि भ्रममा राखिएको छ, यस पटक त्यस्तो हुने छैन’ उनले भने, ‘गठबन्धनका सबै उम्मेदवारले जित्नेछन् ।’ –रासस