११ मंसिर २०८३, शुक्रबार

मोरङ ३ मा वाम गठबन्धन दोब्बर मतले अघि

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाल

विराटनगर, २१ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ मा काँग्रेसभन्दा बामगठबन्धन दोब्बर मतले अगाडि देखिएको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा २६ वटा वडा छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेले २९ हजार १६२, कांग्रेसले २१ हजार ८७ र माओवादी केन्द्रले १३ हजार ४९५ मत पाएको जिल्ला निर्वाचन कार्यालयसँग तथ्याङ्क छ । यसरी हेर्दा काँग्रेसको २१ हजार मत हुँदा बाम गठबन्धनको मत ४२ हजार भन्दा बढी हुन्छ । यहि अंकगणितलाई आधार मान्ने हो भने पनि काँग्रेसभन्दा बामगठबन्धन निकै बलियो देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले बहुमतका साथ विजयी हाँसिल गरेका थिए ।

सुन्दर हरैंचामा प्रमुखमा कांग्रेसको जित्दा उपप्रमुखमा एमाले जित हासिल गरेको थियो । यो ३ नम्बर क्षेत्र साविकको २, ३ र ८ नम्बर क्षेत्र मिलेर बनेको छ ।

यहाँ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका पोलिटव्यूरो सदस्य एवम् प्रमुख सचेतक भानुभक्त ढकाल साझा उम्मदेवार छन् । कांग्रेसले भने नोबेल अस्पतालका सञ्चालक सुनिल शर्मालाई उम्मेदवार बनाएको छ ।