धादिङ, २१ कात्तिक । धादिङ जिल्ला क्षेत्र नम्बर १ मा वाम गठबन्धनका साझा उम्मेदवार भुमि त्रिपाठीले कांग्रेसको भविष्य खतरामा परेको बताएका छन् । भविष्य खतरामा परेकै कारण कंग्रेस बौलाहाझै बौलाउदै, चिच्याउदै हिडेको टिप्पणी गरे ।
धुनिवेशी नगरपालिका नौविसेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– धादिङमा विगतको चुनावमा प्रतिस्पर्धा नै कम्युनिस्ट पार्टीबीच हुन्थ्यो, दुई ठुला कम्युनिस्ट पार्टी नै एक ठाउमा भएपछि प्रतिस्पर्धामा कुनै अन्य पार्टी छैन् ।
यस्तै प्रतिनिधिसभा १(ख) वाम गठबन्धन तर्फका उम्मेदवार शालिकराम जमरकट्टेलले नेपाली कंग्रेसले हारिकेको र हारेको मनोदशाका कारण छट्पटाएर हिडेको बताए । सभामा पार्टीका नेता नेत्र पौडेल, युवा संघका सचिवालय सदस्य रमेश आचार्यलगायतले वाम गठबन्धनलाई जताउन युवाहरुलाई आह्वान गरेको युवा संघका नेता सन्तोष सिलवालले बताए ।











प्रतिक्रिया