११ मंसिर २०८३, शुक्रबार

डोटीमा वाम गठबन्धनले थाल्यो चुनावी अभियान

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २१ कात्तिक । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि डोटीको ‘बाम गठबन्धन’ टिम मंगलबारदेखि कार्यक्षेत्रमा होमिएको छ ।

एमाले र माओवादी केन्द्र डोटीको कात्तिक १९ गते सम्पन्न जिल्ला कमिटीस्तरीय संयुक्त बैठकको निर्णय अनुसार कात्तिक २१ गतेदेखि २५ गतेभित्र जिल्लाका सबै स्थानीय तहमा संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय बमोजिम मंगलबार पूर्वीचौकी गाउँपालिका र के.आई.सिंह गाउँपालिकास्तरीय संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्दैछ ।

पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा आयोजना हुने संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेलालाई एमाले डोटी इञ्चार्ज एवम् बाम गठबन्धन डोटीका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार प्रेम आलेमगर, एमाले डोटी अध्यक्ष एवं बाम गठबन्धन डोटीका प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट सदस्य पदका उम्मेदवार चक्र मल्ल, माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यद्वय छवि ओली र भरत बोहरा लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले नेता के.के.खड्काले जानकारी दिए ।

यस्तै के.आई.सिंह गाउँपालिकामा आयोजना हुने संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं बाम गठबन्धन डोटीका प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट सदस्य पदका उम्मेदवार त्रिलोचन भट्ट, प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट एमालेबाट समानुपातिक उम्मेदवार पूर्णा जोशी र माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार शिव सिं ओली, एमाले नेता यज्ञराज जोशी, मोओवादी केन्द्रका नेता सिद्धराज भाट लगाएतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको बाम गठबन्धन डोटीको टिमले जनाएको छ ।