३० आश्विन २०८३, शुक्रबार

बेल्जियमका न्यायाधीशको निर्णयप्रति स्पेनको समर्थन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड, २१ कात्तिक । स्पेनको क्याटलोनियाका पुर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेनको सरकारले सम्मान गर्ने जनाएको छ ।

बेल्जियमको सरकारले कारलस पुज्डमोन सहित अरु चार जनालाई कुुनै अनुमतिबिना बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने निर्णय गरेको थियो ।

उनीहरुलाई स्वदेश फिर्ता गराउनका लागि अदालती प्रक्रिया सुरु भइरहेको पनि अदालतले जनाएको छ ।

राज्यद्रोह र विद्रोहको मुद्दा लगाएर उनीहरुलाई जेल सजाँय दिनु पर्ने स्पेनको अदालतको निर्णय आएको केहीदिनपछि बेल्जियमका न्यायाधीशले यस्तो निर्णय सुनाएका हुन् ।

एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आइतबार आत्मसमर्पण गरेका थिए ।

स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि त्यहाँका नेताहरु गतहप्ता भागेर बेल्जियम पुगेका थिए ।

हालै क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनको केन्द्रीय सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो ।

केन्द्र सरकारले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव गर्ने घोषणा गरेको छ । – सिन्ह्वा