२ कार्तिक २०८३, सोमबार

यी ४ कुरा बन्न सक्छन् अपराजित शेरबहादुर देउवाका पराजयको कारण

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा हालसम्म निर्वाचनमा अपराजित रहँदै आएका छन् । गृहजिल्ला डडेलधुराबाट चुनाव लड्दै आएका देउबालाई बहुदलीय व्यवस्था पुर्नस्थापना भएयताका संसदीय निर्वाचनमा पराजय गर्न कुनै पनि उम्मेदवारले सकेका छैेनन् । यस्तो यसपटक पनि देउबा डडेल्धुराबाटै चुनाव लड्दैछन् । गृहजिल्लाबाट लडेका ०४८ यताका सबै निर्वाचनमा देउवाले विजयी भएका छन् । उनले हरेक पल्टनै आफ्नो प्रतिद्वन्द्वीलाई भारी मत पराजित गर्दै आएका छन् । यसपटक प्रधानमन्त्री देउबालाई हराउन तम्सिएका छन् वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट ।

तर अहिलेको माहौल फरक छ । एमाले र माओवादी केन्द्रको बामगठबन्धन बनिसकेपछि देउवालाई यस पटक चुनाव जित्न पहिलेको जस्तो सहज नहोला । उनलाई पराजयसम्म गर्न सक्ने चार आधारहरु रहेका छन् ।

१. बाम गठबन्धन

यस पटकको चुनाव देउवाको लागि चुनाव हार्ने बलियो आधार बन्न सक्छ । गत स्थानीय निकायको चुनावलाई हेर्ने हो भने अध्यक्ष र प्रमुखका आधारमा कांग्रेसले १९ हजार ५२३ मत पाएको थियो । यता सोही चुनावमा एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याए । स्थानीय तहमा एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार ५२३ मात्रै छ । यो गणितलाई हेर्दा पनि देउवा स्वतः पराजित हुने देखिन्छ । तर डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । र थपिएका यी सबै मतदाता कांग्रेसका मात्रै पनि होइनन् ।

२. देउवाको घट्दो लोकप्रियता

देउवा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएपछि नै उनको लोकप्रियता विभिन्न कारणले घट्दो क्रममा रहेको छ । उनको कार्यबाट पार्टीभित्रैकै थुप्रै नेताहरु असन्तुष्ट रहेका छन् । चाहे पार्टीको विधानविपरित निणर्य गरेर होस् या जम्बो मन्त्रीमण्डल बनाएर होस् उनको पार्टी भित्र र बाहिर चर्को विरोध भइरहेको पाइन्छ । धेरैले उनलाई असक्षम प्रधानमन्त्रीको पनि संज्ञा दिइरहेका छन् । यिनै विभिन्न स्क्याण्डलका कारण देउवाको लोकप्रियता घटेको हो । त्यसकारण पनि यसपटक देउवालाई चुनाव जित्न गाह्रो पर्ने विश्लेषकहरुको भनाइ छ ।

३. मतदाताको क्रमभंग गर्ने मनसाय

डडेलधुराका जनताले अब क्रमभंग भएको हेर्न चान्छन् भन्ने कुराका पुष्टि गत स्थानीय निकायको चुनावले गरिसकेको छ । पार्टीको गण भन्ने तर विकास नभएको देख्दा जनता आजित बनेको छन् । त्यसलै जनताले यसपटक परिवर्तन चाहन्छन् । डडेलधुरराबाट देउवा विजयी भएर चार पटकसम्म प्रधानमन्त्री बनिसकेकाले अन्य नेतालाई पनि पालो दिन जनता चाहन्छन् ।

४. देउवाको व्यस्तता

देउवा प्रधानमन्त्री तथा पार्टी सभापति पनि भएकाले उनीमाथि देश र पार्टीको जिम्मेवारी भएकाले उनी अहिले निकै व्यस्त रहेका छन् । त्यतिमात्र नभई निर्वाचन आचारसंहिताका कारण उनी चुनावी प्रचारप्रसारमा समेत जान मिल्दैन ।

उनले आफू व्यस्त भएकै कारण आफैँले मनोनयन दर्ता गर्न समेत भ्याएनन् । व्यस्तताका कारण उनी चुनावमा समय दिन नसके मतदातासँग उनको दुरी बढ्नेछ । र त्यो नै उनको हारको कारण बन्ने कतिपयको विश्लेषण छ ।