११ मंसिर २०८३, शुक्रबार

माओवादीका वडाध्यक्ष कांग्रेसमा प्रवेश, बालुवाटारमा भव्य स्वागत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । डडेलधुरा जिल्लाको गन्यापुधारा गाउँपालिकाका वडाध्यक्षसहित एक दर्जन माओवादी केन्द्रका प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका नेताहरूलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदास्वकीय अधिकृत समेत रहेका थिए । भट्ट माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् ।

डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य ईन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् । गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरू नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेको कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरू मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन् ।